Jaya Bhagawati melauli sunchadi

बैतडीमा बालबिवाह न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

Patan vally

बैतडी : बैतडीमा विद्यमान समस्याका रुपमा रहेको बाल विवाह अन्त्यका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको छ। दलित विकास समाज मंच, बैतडीद्वारा संचालित बालविवाह अन्त्यका लागि छिटो मिलन रोकथाम परियोजना अन्तर्गत  कार्यक्रम गरिएको हो।

कार्यक्रममा उपस्थित सरोकारवालाहरुले बाल विवाह न्यूनिकरणका लागि सबै पक्षको भुमिका जरुरी रहेको बताएका छन्। धार्मिक अन्धविश्वास, चेतनाको अभाव, गरीबी र प्रविधिको दुरुपयोगका कारण पछिल्लो समय बालविवाहका घटना धेरै हुने गरेकाले यसको न्युनिकरणका लागि सबैपक्ष लाग्नुपर्ने जिल्ला अदालत, बैतडीका न्यायधीश तिर्थराज भट्टले बताउनुभयो।

Kailpal bahudeshiya

कार्यक्रममा इन्सेक प्रतिनिधि एवं पत्रकार नरी बडुले जिल्लामा बालविवाहको अवस्थाका बारेमा प्रस्तुतीकरण गरेका थिए । उहाँका अनुसार जिल्लामा बालविवाह कति हुन्छ भन्ने एकीन तथ्याङ्क समेत राज्यसंग छैन्। सन् २०१४ मा बालिका दुलही होइनन् नामक अभियानले गरेको सर्वेक्षण अनुसार बैतडीमा ५९ दशमलब ५ प्रतिशत बालविवाह हुने गरेको छ।

चालु आर्थिक वर्षमा जम्मा एउटा बालविवाहको मात्रै घटना दर्ता भई कानूनी प्रक्रियामा रहेको उहाँको भनाई छ। सामाजिक वैमनश्यताको डरले अधिकारकर्मिहरुले समेत बालविवाह रोकथामका लागि प्रभावकारी कदम चाल्न नसकेको उहाँको भनाई छ।

कार्यक्रममा उपस्थित अन्य सरोकारवालाहरुले समेत बालविवाह सम्बन्धिका कानूनको प्रभावकारी कार्यान्वय नभएको बताएका थिए। बालविवाहका बारेमा जनचेतनाको अभाव तथा कानुको बारेमा सबैलाई थाहा नहुँदा समेत समस्या हने गरेको नेपाल बार एसोसिएसनका अध्यक्ष हरी भट्टको भनाई छ।

कार्यक्रमका अध्यक्ष एवं दलित समाज विकास मंच बैतडीका अध्यक्ष सरस्वती नेपालीले संस्थाले विभिन्न ठाउँमा किशोर-किशोरी संजालहरु निर्माण गरी उनिहरुमार्फत जनचेतनाका कार्यक्रमहरु गरिरहेको बताउनुभयो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, न्यायधीष, जिल्ला समुन्वय उपप्रमुख, कानुनव्यवसायी, राजनीतिक दलका प्रतिनिधि, किशोर–किशोरी, अधिकारकर्मि एवं विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.