


बैतडी : बैतडीमा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको मेलौली नगरपालिका –७ का २४ बर्षिय रोशन सिंह रावतलाई प्रहरीले पक्राउ गरेको हो ।
१३ बर्षिया बालिकामाथी जवरजस्ती करणीको आरोपमा उनलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलाराम पाण्डेयले जानकारी दिए ।
पिडीत बालिकाका आफन्तले जवरजस्ती करणी उद्योग सम्बन्धी कसुरमा दिएको जाहेरीका आधारमा रावतलाई पक्राउ गरिएको पाण्डेयले बताए । उनीमाथी जिल्ला अदालतबाट सोमबार ६ दिनको म्याद गरेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।



