

काठमाडौं:क्रिकेट नेपाल प्रिमियर लिग (एनपीएल)काे आज भएको पहिलाे खेलमा चितवन राइनाेजले काठमाडौं गुर्खाजलाई ५ विकेटले हराएकाे छ।
जितका लागि पाएकाे ११२ रनकाे लक्ष्य चितवनले १७.१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायाे।
जसमा सन्ताेस कार्कीले अविजित रहदै सर्वाधिक २४ रन जाेडे।
काठमाडौंका शाहब आलमले ३ विकेट झारेपनि हार टार्न सकेनन् ।

यसअघि कीर्तिपुर मैदानमा चितवनले टस जितेर काठमाडौंलाई ब्याटिङकाे निम्तो दिएकाेमा निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १११ रन मात्रै बनाउन सक्याे। उसका सुमित महर्जनले सर्वाधिक २९ रन बनाए ।
चितवनका साेहेल तनभीरले घातक बलिङ गरे। उनले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए। उनी एनपीएलमा एकै खेलमा ५ विकेट लिने पहिलाे खेलाडी पनि बने ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि सुरू भएको प्रतियोगिता पुस छ गते सम्पन्न हुनेछ ।



