Jaya Bhagawati melauli sunchadi

बैतडीको मेलौलीमा “सलेना दुत्त्या” भोलि, कार्तिकमा हुने “दुत्त्या” मङ्सिरमा किन हुन्छ ?

Chand Kirana Pasal
Patan vally

बैतडी : बैतडीको मेलौलीमा भोलि दुत्त्या मेला लाग्ने भएको छ । प्रत्येक बर्ष मार्गशीर्ष शुक्ल द्धितीयाका दिन लाग्ने “सलेना दुत्त्या” मेला यस बर्ष मंसिर १८ गते अर्थात भोलि लाग्ने, मेला ब्यवस्थापन समिति अध्यक्ष केशव बहादुर चन्दले जानकारी दिनुभयो ।

मेलौली नगरपालिका २ सलेना स्थित दुत्त्या गडामा लाग्ने मेलामा जिल्लाका विभिन्न ठाँउबाट मानिसहरु मेला भर्न आउने गर्दछन् । “सलेना दुत्त्या” सबै धार्मिक स्थलमा लाग्ने जात्रा मेला सकिएपछिको अन्तिम मेला भएकाले पनि विशेष महत्व रहेको स्थानीय संस्कृतिका अध्येता प्रकाश पैंतोलाले बताउनुभयो । धामी सहित स्थानीयले भट्याउने भैलोका केही मौलिक आँखर पनि सुन्न पाईने पैंतोलाले बताउनुभयो ।

मेलामा स्थानियस्तरमा उत्पादित कृषि बस्तुहरुको खरिद बिक्रि समेत गर्न सकिन्छ । स्थानिय उत्पादनमा हलुवावेद, केरा, प्याजको बेर्ना लगायतका बस्तुको खरिद विक्रि गर्न सकिने मेला ब्यवस्थापन समिति अध्यक्ष चन्दले बताउनुभयो ।

Kailpal bahudeshiya

कार्तिकमा हुनुपर्ने द्वितीया मेला मङ्सिर÷पुषमा किन हुन्छ ?
अरु ठाउँमा द्वितीया मेला कार्तिकमा हुन्छ तर बैतडीको मेलौली २, सलेनामा मङ्सिर÷पुषमा हुन्छ। किम्बदन्तीअनुसार पहिले सलेनामा पनि कार्तिकमै द्वितीया मेला हुने गर्दथ्यो । मेला हुने स्थान अब्बल खेतको बीचमा पर्ने भएकाले सो समय धान काट्ने समय पर्नेहुदा मेला भर्नेहरुलाई असजिलो हुने र कृषकको पाक्न लागेको धानबालीमा समेत क्षती पुग्न थालेपछि,सबै गाउँले मिलेर स्थानीय देवताको पूजाआजाको दिन एक महिनापछि मेला सार्न अनुरोध गरेको थियो । धामी कामेर मेला एक महिनापछि सारेमा पनि सुख शान्ति तथा सहकाल दिने वचन दिएपछि कार्तिक शुक्ल द्वितीयाको एक महिनापछि अर्थात मार्गशीर्ष शुक्ल द्वितीयामा मेला लाग्न सुरु भएकोे भन्ने किम्बदन्ती रहेको स्थानीय संस्कृतिका अध्येता प्रकाश पैंतोला बताउँछन् ।

मेला हुने समय खेतमा गहुँ टुसाएका हुन्छन्। मेला भर्न जाने मानिस, स्थानीय देवताका धामी, गीर समेतको चःलो आदिले भर्खर उम्रन थालेका गहुँ भाँचिएर सखाप भएपनि पछि आफैं पुनर्जीवन पाई गहुँ खेती फस्टाउने गरेको स्थानीय कृषक बताउँछन् ।

 

दुत्त्या मेलालाई सभ्य, भव्य र शान्तीपूर्ण बातावरणमा सम्पन्न गर्न बेलुकी ५ बजेसम्म मदिरा बेचविखन तथा सेवनमा रोक लगाइएको मेलौली वडा नं. २ का वडा अध्यक्ष कृष्णदत्त भट्टले जानकारी दिनुभयो । मेला क्षेत्रभित्र मदिरा बेचविखन तथा सेवन नगर्न अनुरोध गरेको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।

दुत्त्याको अवसरमा मेलौली नगरपालिकाले भने यस अघिका बर्ष जस्तै सार्वजनिक विदा नदिने बताएको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.