Jaya Bhagawati melauli sunchadi

बैतडीमा निस्सासिएर विद्यार्थीको मृत्यु

Patan vally

बैतडी : बैतडीमा निस्सासिएर एक विद्यार्थीको मृत्यु भएको छ।
जिल्लाको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर माविमा अध्ययनरत सुर्नया गाउँपालिका–५ घर भएका प्राविधिक धारतर्फ कक्षा ९ मा अध्ययनरत १४ बर्षीय अपिल बिष्टको मृत्यु भएको पाटन नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष कालुसिंह भाटले बताए।

Kailpal bahudeshiya

डेरामा बस्दै आएका बिष्ट शुक्रबार राति खाना खाएपछि कोठामा सुत्न गएका थिए। एक्लै कोठामा बस्दै आएका उनले टिनको भाँडोमा आगोको कोइला समेत लगेर गएका र राति उनी निस्सासिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ।

ढोका लगाएर सुतेका उनको निस्सासिएर मृत्यु भएको उनले बताए। कोठाको ढोका फोडेर उनलाई अचेत अवस्थामा फेला पारिएको थियो। तत्काल उपचारका लागि डडेल्धुरा अस्पातल पुगाउँदा चिकित्सकले मृत घोषणा गरेको वडाअध्यक्ष भाटले जानकारी गराए। मृतक अपिलका बुवा नरेश बिष्ट रोजगारीको सिलसिलामा भारतमा छन्।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.