

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले काठमाडौं गुर्खाजलाई १०३ रनमै अलआउट गरेको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार दिनको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको काठमाडौंको इनिङग्स कुनै पनि बेला सम्हालिन सकेन। काठमाडौं अन्तिम चार बल खेल्न बाँकी छदा अलआउट भयो।

काठमाडौ : काठमाडौंका ओपनर माइकल लेभिटलाई इनिङ्ग्सको तेस्रो बलमै लुम्बिनीका रेमन सिमन्ड्सले शून्यमा बोल्ड गरे।
पाँचौ ओभरमा अर्का ओपनर स्टेफन इकान्जी पनि १३ रन बनाएर खेलिरहदा आउट भए। उनलाई लुम्बिनीका अभिसेष गौतमले बोल्ड गरे।
छैटौं ओभरमा साद बिन जफरले दुई विकेट लिएपछि काठमाडौं दबाबमा आयो। जफरले गेरार्ल्ड इरासमसलाई १ रनमा सन्दीप जोराबाट क्याच गराउदा चार बलपछि सुमित महर्जनलाई ४ रनमा एलबिडब्लूको धरापमा पारे।
१३औं ओभरमा डान डाउनवैटलाई विवेक यादवले कप्तान रोहितकुमार पौडेलबाट २१ रनमा क्याच गराए। उनले २४ बलमा २ छक्का प्रहार गरे।



