Jaya Bhagawati melauli sunchadi

छलफल नै नगरिएका निर्णय, प्रस्ताव पुस्तिकामा भेटिएपछि सुर्नया गाउँपालिकामा कुर्सि तोडफोड

Chand Kirana Pasal
Patan vally

बैतडी : बैतडीको सुर्नया गाउँपालिकाको कार्यापालिका बैठकमा बिवाद भएको छ । कार्यपालिका बैठकमा टंङ्गोमा नै नपुगेको प्रस्ताव निर्णयपुस्तीकामा उल्लेख गरिएको भेटिएपछि बिवाद भएको हो ।

गत कार्तिक ९ गते बसेको कार्यपालिका बैठकमा कुनै छलफल नभएका ४ वटा निर्णय  प्रस्ताव निर्णयपुस्तीकामा उल्लेख गरिएको भेटिएपछि विवाद भएको सुर्नया वडा नं. ८ का वडा अध्यक्ष भान बहादुर बोहराले जानकारी दिनुभयो । कार्यपालिमा नै विवाद भएपछि गाउँपालिका अध्यक्षलाई  छलफल गरौं भन्दा नमानेपछि  सामान्य कुर्सि तोडफोड भएको उहाँले बताउनुभयो ।

Kailpal bahudeshiya

कार्यपालिकामा आएपनि टुङ्गोमा नपुगेको प्रस्ताव निर्णयपुस्तीकामा  लेखिएको भेटिएपछि उक्त निर्णय  लेखिएको पाना नै च्यातिएको छ । सो निर्णय के थियो भनेर खुलाइएको छैन । बुधबार बसेको कार्यपालिका बैठकमा विवाद भएपछि बिहीबार दिउँसो २ बजे सम्मका लागि स्थगित गरिएको प्रवक्ता महराले जानकारी दिनुभयो ।

यस किसिमको समस्या पटक पटक दोहोरिएको पनि प्रवक्ता महराले बताए ।

यस बिषयमा गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुवँरले सामान्य विवाद भएको र थप छलफलका लागि बिहीबारका लागि  बैठक बोलाइएको बताउनुभयो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.