

बैतडीको लक्ष्मी आधारभुत बिद्यालयको बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । शनिवार लक्ष्मी आधारभुत बिद्यालय पाटन नगरपालिका ५ बैतडीको ४९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको शिक्षक लोकराज बयानीले जानकारी दिनुभयो ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक गीता लुहार विकले ४६ लाख ७ हजार बराबरको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
देव बहादुर चन्दको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पाटन नगरपालिकाका कार्यपालिका सदस्य पार्वती चन्द रहनुभएको थियो । बिशिष्ट अतिथिमा भुमिराज आबिका प्र.अ वीर सिंह ठगुन्ना लगायत शिक्षक, बिद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।
शिक्षक धनिराम औजीले कार्यक्रम संचालन गर्नुभएको थियो ।
