Jaya Bhagawati melauli sunchadi

बैतडीमा जंगली बदेलका लागि थापेको पासोमा परेको चितुवा भाग्यो

Patan vally

बैतडी : बैतडीमा पासोमा परेको चितुवा भागेको छ । जिल्लाको दशरथचन्द नगरपालिका २ देहीमाण्डौँ कुमालीगाडबाट जंगली बँदेलका लागि थापेको पासोमा परेको चितुवा भागेको हो ।
सोमबार राति पासोमा फसेको चितुवा मंगलबार राति पासो चुँडालेर भागेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भरत प्रशाद भट्टले जानकारी दिए ।
पासोमा फसेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट उद्धार टोली  आएको भएपनि मंगलबार रातीपछि पासो चुँडालेर चितुवा भागेको उनले बताए ।

Kailpal bahudeshiya

त्यो क्षेत्र बरिपरि घाइते चितुवालाई खोजेपनि नभेटिएको डिभिजन बन कार्यालय बैतडीले जनाएको छ ।

पासोमा परी घाइते भएको चितुवाको  घाँटीको भागमा चोट छ ।  चितुवा घाइते भएको हुनाले स्थानीयबासिन्दाहरुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको डिभिजन वन कार्यालय बैतडीका सूचना अधिकारी मदन जोशीले बताए ।

 

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.