Jaya Bhagawati melauli sunchadi

सुदूरपश्चिमलाई जनकपुर बोल्ट्सले फाईनलमा पुग्न दियो१४० रनको लक्ष्य

Patan vally

काठमाडौ : नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुग्न सुदूरपश्चिम रोयल्सलाई जनकपुर बोल्ट्सले १४० रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन जोड्यो।

जनकपुरका लागि जिमी निशमले ४५ रन जोडे। उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।

ओपनरद्वय लाहिरू मिलन्था १२ रन र आसिफ शेख ११ रन जोडेर आउट भए। मिलन्थालाई सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले तेस्रो ओभरमा एलबिडब्लूको धरापमा पारेका थिए। कप्तान आसिफ छैटौं ओभरमा सइफ जइबबाट बोल्ड भए।

शुभ कंसाकारले रनआउट हुनुअघि २६ रन जोडे। उनी नवौं ओभरको अन्तिम बलमा दीपेन्द्रले डाइरेक्ट हिटमार्फत रनआउट भएका थिए।

हर्ष थाकर १२ रन र अरनिको यावदले ११ रन जोड्न सके। थाकर १३औं ओभरमा जइबको बलमा ब्रेन्डन माक्मलेनबाट क्याच भएका थिए। १६औं ओभर चल्दै गर्दा अरनिको दीपेन्द्रबाट एलबिडब्लू आउँदा हुँदा जनकपुरले ५ विकेट गुमाउँदा ९७ रन जोड्न सकेको थियो।

Kailpal bahudeshiya

१८औं ओभरको अन्तिम बलमा मोहमद मोहसिनलाई दीपेन्द्रले ३ रनमा बोल्ड गरे। त्यसअघि दीपेन्द्रलाई ओभरको तेस्रो र चौथो बलमा निशमले लगातार दुई छक्का प्रहार गरेका थिए।

शेर मल्ल अन्तिम ओभरको पहिलो बलमा अभिनास बोहराको बलमा ३ रनमा क्याच भए। अघिल्लो ओभरमा निशम कुगेलेइनबाट बोल्ड हुँदा जनकपुर समान्य योगफल तर्फअघि बढेको थियो।

बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रले ३ विकेट लिए। उनले ४ ओभरमा २९ रन खर्चिए। सइफ जइबले २ विकेट लिँदा कुगेलेइन र अभिनासले १-१ विकेट हात पारे।

यो खेलको विजेता फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा भोलि कर्णाली याक्ससँग दोस्रो क्वालिफायरमा खेल्नेछ। दोस्रो क्वालिफायरको विजेता पनि फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.