Jaya Bhagawati melauli sunchadi

एनपिएलको पहिलो उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै

Patan vally

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल आज हुँदैछ।

त्रिवि मैदान कीर्तिपुरमा सवा १२ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच उपाधि भिडन्त हुँदैछ।

सुदुरपश्चिम पहिलो क्वालिफायरमा जनकपुरलाई नै हराएर फाइनल पुगेको हो भने जनकपुर दोस्रो क्वालिफायर खेल्दै फाइनल पुगेको हो।

Kailpal bahudeshiya

एनपिएलमा सुदूरपश्चिम र जनकपुरबीच आज हुने लागेको भेट तेस्रो हो। लिग चरण र पहिलो क्वालिफायरमा यी दुई टिम आमनेसामने भइसकेका छन्। दुवै पटकको भेटमा जनकपुर पराजित भएको थियो।

प्रतियोगितामा कुल ८ खेल खेलेको सुदूरपश्चिम एक खेलमा मात्रै पराजित भएको छ। लिग चरणमा सुदूरपश्चिमलाई चितवन राइनोजले हराएको थियो।

९ खेल खेलेको जनकपुर भने तीन खेलमा पराजित भएको छ। दुई खेल सुदूरपश्चिम र एक खेल चितवन राइनोजसँगै जनकपुर पराजित भएको छ।

जनपुरका नियमित कप्तान चोटका कारण मैदानबाहिर छन्। उनको अनुपस्थितिमा टिमको कप्तानी मार्की खेलाडी आशिफ शेखले गर्नेछन्।

जनकपुर र सुदूरपश्चिमबीच यसअघि भएका दुवै खेलमा त्रिवि मैदान खचाखच दर्शकले भरिएका थिए। फाइनल खेलको टिकट पनि खुलेको केही घन्टामै सोल्ड आउट भएको थियो।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.