

काठमाडौं : नेपाल प्रिमियर लिगको उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरूद्ध टस जितेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२:३० मा हुने खेलमा सुदूरपश्चिमले टस जितेर ब्याटिङ रोजेको छ।
एनपिएलको उपाधि विजेताले १ करोड १० लाख पुरस्कार पाउँदा उपविजेताले ५० लाखमा चित्त बुझाउनेछ।



