Jaya Bhagawati melauli sunchadi

बैतडीमा पिङ खेल्ने क्रममा बालकको मृत्यु

Patan vally
Kailpal bahudeshiya

बैतडी : बैतडीमा पिङ खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ ।

जिल्लाको दशरथचन्द नगरपालिका–ग्वाल्लेकका १४ बर्षीय सन्दिप भनिने सन्तोष जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

घर नजिकै बाख्रा चराउन गएका सन्तोष भीमलको रुखमा पिङ खेल्ने क्रममा पिङको डोरी घाँटीमा बेरिएर बेहोस भएका थिए ।

 

बेहोस भएका जोशीलाई उपचारका लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक पाण्डेयले बताए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.