Jaya Bhagawati melauli sunchadi

काजाकस्तानमा विमान दुर्घटना, ३० जनाको ज्यान गएको आशंका, २९ को जिवितै उद्धार

Chand Kirana Pasal
Patan vally

काठमाडौं : अजरबैजान एअरलाइन्सको यात्रुवाहक विमान काजाकस्तानमा दुर्घटना हुँदा कम्तीमा २९ जना बाँचेका छन् । विमानबाट उद्धार गरेका २९ जनालाई अस्पतालमा भर्ना गरेको बीबीसीले जनाएको छ ।

Kailpal bahudeshiya

६७ जना मानिस बोकेको जहाज काजाकस्तानको अक्ताउ क्षेत्र नजिकै दुर्घटनामा परेको हो । विमानबाट चार जनाको शव निकालेको र कम्तीमा ३० जनाको ज्यान गएको हुन सक्ने स्थानीय अधिकारीहरूलाई उद्धृत अन्तर्राष्ट्रिय समाचार संस्था एफीले जनाएको छ ।

काजाकस्तानको आपत्कालीन मन्त्रालयका अनुसार विमानमा ६३ जना यात्रु र पाँच जना चालक दलका सदस्य रहेका थिए । अजरबैजानको राजधानी बाकुबाट चेचन्यातर्फ उडेको अजरबैजान एअरलाइन्सको विमान बाक्लो कुहिरोका कारण काजाकस्तानतर्फ मोडिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अजरबैजान एअरलाइन्सकाे विमान दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.