Jaya Bhagawati melauli sunchadi

बैतडीको पाटनमा नेकपा माओवादी केन्द्रको पालिका सम्मेलन सम्पन्न, अध्यक्षमा विष्ट

Chand Kirana Pasal
Patan vally
Kailpal bahudeshiya

बैतडी : बैतडीको पाटनमा नेकपा माओवादी केन्द्रको पालिका सम्मेलन सम्पन्न भएको छ । राम सिंह बिष्टको अध्यक्षतामा ५५ सदस्यीय पालिका कमिटि गठन गर्दै सम्मेलन सम्पन्न भएको हो ।
पालिका कमिटिमा उपाध्यक्षमा गोपाल भाट, गजेन्द्र सिंह बोहरा र राजेन्द्र प्रशाद भट्ट तथा सचिवमा देवदत्त भट्टराई, सह सचिवमा नारद पन्त र कोषाध्यक्षमा सेनु चन्द चयन भएका छन् ।
सहमतीको आधारमा पालिका कमिटि चयन भएको पाटन नगर इन्चार्ज हरिश बिष्टले जानकारी दिए ।
‘पार्टीले निर्वाचन कमिटि गठन गरेको थियो, सबै आकांक्षीहरुबीच सहमती गराएका छौँ, सहमतीमै कमिटि चयन भएको छ,’ इन्चार्ज बिष्टले भने ।

निवर्तमान पालिका कमिटि अध्यक्ष तर्क सिंह ठगुन्नाको सभाध्यक्षतामा आज सम्पन्न पालिका सम्मेलनका प्रमुख अतिथि बैतडी जिल्ला इन्चार्ज एवं माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य नरेन्द्र कुवँर (बिजयसुन्दर) रहनु भएको थियो । पालिका सम्मेलनमा माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारी, निवर्तमान प्रदेश सभा सदस्य समेत रहेका प्रेम प्रकाश भट्ट (आदित्य), माओवादी केन्द्रको प्रदेश कमिटि सदस्य धर्म सिंह ऐर(कपिल), कमल बोहरा (अपि), पाटन नगर इन्चार्ज हरिश बिष्ट लगयात पाटन भुगोल भएका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.