Jaya Bhagawati melauli sunchadi

केदारेश्वर माविको ७२औं बार्षिकोत्सव सम्पन्न, कपडा बैंकद्धारा विपन्न विद्यार्थीलाई न्यानो टोपी सहयोग

Patan vally

बैतडी : बैतडीको केदारेश्वर माध्यमिक विद्यालयको बार्षिकोउत्सव सम्पन्न भएको छ । आर्ईतबार जिल्लाको मेलौली नगरपालिका वडा नं. २ स्थित दुर्गास्थानमा रहेको केदारेश्वर माध्यमिक विद्यालयको ७२ औं बाषिकोत्सव विविध साँस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको बिद्यालयका शिक्षक तथा कार्यक्रम उद्घोषक प्रेमराज भट्टले जानकारी दिनुभयो ।

पदमराज पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि मेलौली वडा नंं.२ का वडा अध्यक्ष कृष्णदत्त भट्ट रहनुभएको थियो । विशिष्ट अतिथिमा नेपाल तरुणदल बैतडीका कार्यबाहक अध्यक्ष तथा कपडा बैंक साहिलेकका संयोजक महेश भट्ट, , धर्मघर मावि सलेनाका प्र.अ लोकराज जोशी, मेलौली वडा नं. २का पुर्व वडा अध्यक्ष महेन्द्र बहादुर चन्द, नेकपा माओबादी केन्द्र मेलौली नगरकमिटि अध्यक्ष खेमराज भट्ट लगायत बिभिन्न बिद्यालयका शिक्षक, अभिभावक, एंव बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Kailpal bahudeshiya

विध्यालयका प्रधानाध्यापक हरिश चन्दले १ करोड ४२ लाख ९० हजार बराबरको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै विध्यालयको शैक्षिक सुधारका लागि अभिभावकहरुको सहयोग र चासो अतिआवश्यक रहेको पनि प्रधानाध्यापक चन्दले बताए । विध्यालयले उत्कृष्ट हुने विद्यार्थीहरुलाई उचित पुरस्कार समेत प्रदान गरेको थियो ।
केदारेश्वर माविको ७२ औं बार्षिकोत्सवको अवसरमा नेपाल तरुणदलका कार्यवाहक अध्यक्ष तथा कपडा बैकका संयोजक महेश भट्टले गरिब तथा विपन्न घरपरिवारका २५ बालबालिकाहरुका लागि बिध्यालयलाई न्यानो टोपी सहयोग गरेको थियो ।

बार्षिकोउत्सवमा बिद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम, गायन, नृत्य, लगायत शिक्षा सम्बन्धी सचेतनामूलक देउडा समेत प्रस्तुत गरेका थिए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.