Jaya Bhagawati melauli sunchadi

पृथ्वी जयन्तीको अवसरमा बैतडीमा मैत्रीपूर्ण क्रिकेट, कर्मचारीकाे टिम ४५ रनले बिजयी

Patan vally

बैतडी: बैतडीमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताकाे आयोजना गरिएको छ।

सहिद दशरथचन्द स्मृति प्रतिष्ठानकाे आयाेजनामा सम्पन्न गरेकाे प्रतियोगितामा कर्मचारीकाे टाेली विजयी भएकाे छ।

कर्मचारीकाे टिमले पत्रकार संयुक्त टाेलीलाई ४५ रनले हरायाे।
जितका लागि २३४ रनकाे विशाल लक्ष्य पछ्याएकाे पत्रकार संयुक्तले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८८ रन मात्रै बनाउन सक्याे ।

जसमा महेन्द्र मार्कण्डले सर्वाधिक ५२, माेहित भण्डारीले ३७, महेश भट्टले १२ र कप्तान विनाेद विष्टले अविजित ११ रन बनाएपनि टाेलिलाई जिताउन भने सकेनन् ।

Kailpal bahudeshiya

कर्मचारीका तर्फबाट शेर खत्रीले ३ र अनिल चन्दले २ विकेट हात पारे।

यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेकाे कर्मचारीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २३३ रन बनायाे ।

उसका कप्तान राम चन्दले ७१,शेर खत्रीले ३२,जितेन्द्र रावलले ३०,सञ्जय भट्टले अविजित २२,सुरज भट्टले २१ रन बनायाे।

पत्रकार संयुक्त टाेलीबाट कप्तान विनाेद विष्टले २ र माेहित भण्डारीले २ विकेट लिए।

विजेता उपविजेता टाेलीलाई बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय,सहिद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनाेदबहादुर चन्दलगायतले पुरस्कार वितरण गर्नुभयो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.