Jaya Bhagawati melauli sunchadi

अम्पायरले गतल निर्णय गरेको भन्दै सामाजिक सञ्जालमा लेखेका कृकेटर सन्दिपलाई क्यानले गर्‍यो कार्वाही

Chand Kirana Pasal
Patan vally

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेलाई कारबाही गर्ने निर्णय गरेको छ।

क्यानको आचारसंहिताविरूद्ध सामाजिक सञ्जाल फेसबुकमा लेखेको भन्दै क्यानले उनलाई तीन डिमेरिट अंक दिने निर्णय गरेको छ। यसको मतलब उनलाई क्यानले आयोजना गर्ने प्रतियोगितामा एक खेल प्रतिबन्ध गरिएको हो।

Kailpal bahudeshiya

‘म्याच रेफ्री र टेक्निकल कमिटीको निर्णयअनुसार उनलाई कारबाही गरिएको हो,’ क्यानका प्रवक्ता छुम्बी लामाले सेतोपाटीसँग भने, ‘उनले क्यानको आचार संहिताको २.७ को उल्लेख गरेको पाइएकाले खेलमा प्रतिबन्ध (तीन डिमेरिट अंक दिने) लगाउने निर्णय गरिएको छ र स्पष्टीकरणसमेत सोधिएको छ।’

क्यानले अब आयोजना गर्ने जुनसुकै प्रतियोगिताको एक खेल सन्दीपले खेल्न पाउने छैनन्।

सन्दीपले माघ पहिलो साता सकिएको जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा लेखेका थिए।

सन्दीपले जय ट्रफीमा बागमती प्रदेशको कप्तानी गरेका थिए। जनकपुरमा पुस २५ गते त्रिभुवन आर्मी क्लबविरूद्ध भएको खेलको विषयमा अम्पायरले गतल निर्णय गरेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.