Jaya Bhagawati melauli sunchadi

बैतडीको मेलौलीमा रनिङ शिल्डको रौनक सुरु, पहिलो दिन ४ वटा खेल सम्पन्न

Chand Kirana Pasal
Patan vally

बैतडी : बैतडीको मेलौलीमा रनिङ शिल्डको रौनक सुरु भएको छ । मेलौली नगरपालिकाको नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार उद्धघाटन गरिएसंगै रनिङ शिल्डको रौनक सुरु भएको हो । सुदुरपश्चिमको प्रसिद्ध मेलौली भगवती मन्दिरको प्राङ्गणमा सुरु भएको प्रतियोगितामा मावि तहका १२ वटा विद्यालयको सहभागिता रहेको मेलौली नगर खेलकुद विकास समिति अध्यक्ष सागर भण्डारीले बताउनुभयो ।

Kailpal bahudeshiya

नगर खेलकुद विकास समिति अध्यक्ष सागर भण्डारीलेको अध्यक्षतामा सुरु भएको प्रतियोगिताका प्रमुख अतिथि मेलौली नगरपालिकाका नगर प्रमुख भिम बहादुर चन्द रहनुभएको थियो । बिशिष्ट अतिथिमा पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादर चन्द रहनु भएको थियो । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि चन्दले मेलौली क्षेत्रले नेपालको खेल क्षेत्रमा ठुलो योगदान दिएको बताए । “पहिलेदेखि नै यस क्षेत्रले अब्बल खेलाडी उत्पादन गरि राष्ट्रलाई नै खेल क्षेत्रको विकासमा योगदान गरेको छ, यसमा हामीले गौरब गरेका छौ र मेलौली क्षेत्रका सबैले गौरब गर्नु पर्छ” ”उहाँले भन्नुभयो । मैलौली क्षेत्रलाई प्रसिद्ध मेलौली भगवती मन्दिर र खेल क्षेत्रले देशमै चिनाएको उनले बताए ।


प्रतियोगितामा शुक्रबार चारवटा खेलहरु सम्पन्न भएका खेलकुद ब्यवस्थापक मुकेशकान्त दयालले जानकारी दिनुभयो । ज्याब्लिङ थ्रो सर्टफुट, लङजम्प र छात्रतर्फ सय मिटर दौड प्रतियोगिता सम्पन्न भएका दयालले बताउनुभयो ।

प्रतियोगिता माघ १३ गते सम्पन्न हुने मेलौली नगर खेलकुद विकास समितिले जानकारी दिएको छ ।

 

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.