Jaya Bhagawati melauli sunchadi

बैतडीको मेलौलीमा नगर स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विशालपुर मावि प्रथम

Chand Kirana Pasal
Patan vally

बैतडी : बैतडीको मेलौली नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मेलौली वडा नं. ९ स्थित  विशालपुर माविले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा १२ स्वर्ण, ५ रजत र १ कास्य जितेर प्रथम स्थान हासिल गरेको हो ।

मेलौलीको प्रसिद्ध मेलौली भगवती मन्दिरको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा नगरपालिका भरिका १२ मावि तहका बिद्यालयहरुको सहभागिता रहेको मेलौली खेलकुद विकास समिती अध्यक्ष सागर भण्डारी सोराडीले बताउनुभयो ।

Kailpal bahudeshiya

प्रतियोगितामा मणिलेक मावि मेलौली ७ काँडाले द्वितिय स्थान हात पार्न सफल भएको थियो । १० स्वर्ण, ८ रजत र ५ कास्य जित्दै दितिय स्थान हासिल गरेको हो । यस्तै
जगदम्बा मावि मेलौली ६ ले तृतिय स्थान हासिल गरेको थियो । २ स्वर्ण, ३ रजत र ३ कास्य जित्दै जगदम्बा माविले तृतीय स्थान हासिल गरेको हो ।

मेलौली नगर खेलकुद विकास समिति अध्यक्ष सागर भण्डारीको अध्यक्षतामा सम्पन्न समापन समारोहका प्रमुख अतिथि मेलौली नगरपालिकाका नगरप्रमुख भिम बहादुर चन्द “भुकम्प” रहनुभएको थियो । नगर प्रमुख चन्दले प्रतियोगितामा सहभागी बिद्यालयका बिजयी छात्र छात्राहरुलाई शिल्ड मायाको चिनो र प्रमाण पत्र वितरण गरेका थिए ।


समापन कार्यक्रममा विभिन्न साँस्कृतिक तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.