Jaya Bhagawati melauli sunchadi

बैतडीको पञ्चेश्वरमा पालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिताको पहिलो दिन, एथलेटिक्स तर्फका ८ खेल सम्पन्न

Chand Kirana Pasal
Patan vally

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिकामा तेस्रो पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

सोमबार पञ्चेश्वर गाउँपालिका ३ स्थित कुलाउ माध्यमिक बिद्यालयको नागार्जुन खेलमैदानमा प्रतियोगिताको उद्घाटन गरिएको पञ्चेश्वर गाउँपालिकाका पोषण सहजकर्ता नारायण राम सार्कीले जानकारी दिनुभयो ।

Kailpal bahudeshiya

प्रतियोगितामा मावि तहका ९ वटा बिद्यालयहरुको सहभागीता रहेको उहाँले बताए ।

पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दको अध्यक्षमा सुरु भएको प्रतियोगिताका प्रमुख जिल्ला खेलकुद बिकास समिति अध्यक्ष चमन कुमार भण्डारी रहनुभएको थियो भने बिशिष्ट अतिथिमा गाउँपालिका उपाध्यक्ष बिना भट्ट रहनुभएको थियो ।

प्रतियोगिताको पहिलो दिन  एथलेटिक्स तर्फका ८ वटा खेल सम्पन्न भएका छ्न । छात्र-छात्रा दुबै तर्फ सय मिटर, ४ सय मिटर, ८ सय मिटर र १५ सय मिटर दौड प्रतियोगिता सम्पन्न गरिएको छ । त्यस्तै लङजम्प,  त्रिपल जम्प, सर्टफुट र ज्याब्लिङ थ्रो सम्पन्न गरिएको पञ्चेश्वर गाउँपालिका खेलकुद विकास समिति सदस्य बलबिर जोशीले बताउनुभयो । छात्रहरुको भलिबल सैलोडा र कुलाउ बिच फाइनल खेल भोलि हुने उहाँले बताउनुभयो ।

 

रनिङ शिल्ड प्रतियोगिता माघ १६ गते समापन हुने पालिकाले जनाएको छ ।

 

 

 

 

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.