Jaya Bhagawati melauli sunchadi

आईसीसी च्याम्पियन्स ट्रफीमा पाकिस्तानले भारतलाई दियाे २ सय ४२ रनकाे लक्ष्य

Chand Kirana Pasal
Patan vally

काठमाडौं : आईसीसी च्याम्पियन्स ट्रफीमा पाकिस्तानले भारतलाई २ सय ४२ रनकाे लक्ष्य दिएकाे छ ।

दुबईमा टस जितेर ब्याटिङ गरेकाे पाकिस्तान ४९ ओभर ४ बलमा २ सय ४१ रनमा अलआउट भयाे । पाकिस्तानका सउद शकीलले ६२, कप्तान माेहम्मद रिजवानले ४६, खुश्दिल शाहले ३८ रन बनाए । भारतका कुलदीप यादवले ३, हार्दिक पान्ड्याले २ विकेट लिए ।

Kailpal bahudeshiya

पाकिस्तानलाई यो खेल जित्नैपर्ने दबाव छ । पाकिस्तान पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो भने भारतले बङ्गलादेशलाई हराएको थियो ।

आईसीसी च्याम्पियन्स ट्रफीमा भारत र पाकिस्तानबीच अहिलेसम्म ५ पटक भेट भएकोमा पाकिस्तान ३ खेल र भारत २ खेलमा विजयी भएको छ । यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र पाकिस्तानबीच अहिलेसम्म १ सय ३५ पटक भेट भएकोमा पाकिस्तान ७३ खेल र भारत ५७ खेलमा विजयी भएको छ ।

दुई वर्षअघि भारतमा आयोजना भएको एकदिवसीय विश्वकप क्रिकेटको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा सहभागी छन् । पाकिस्तान, भारत, बङ्गलादेश र न्युजिल्यान्ड समूह ‘ए’ मा तथा अस्ट्रेलिया, अफगानिस्तान, इङ्गल्यान्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मार्च ९ तारिख अर्थात् फागुन २५ गते हुनेछ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.