

बैतडी : महाशिवरात्रिको अवसरमा सरस्वती मावि पाटन १ बयलचौरले आयोजना गरेको खुल्ला भलिवल प्रतियोगितामा आयोजक सरस्वती मावि र सिद्धपुर निर्माण सेवा द.न.पा ७ फाईनलमा प्रवेश गरेका स्पाईकर उकेश चन्दले जानकारी दिनुभयो ।
महाशिवरात्रिको दिन फागुन १४ गतेबाट सरस्वती माविको खेल मैदानमा सुरु भएको प्रतियोगितामा यी दुई टोलि फाईनलमा प्रवेश गरेका हुन । शनिबार सेमिफाइनलमा सिद्धपुर निर्माण सेवाले पोखरीलाई र आयोजक सरस्वतीले जर्कुलाई हराउँदै फाईनल प्रवेश गरेका हुन ।

प्रतियोगितामा बिजेता र उपबिजेता हुने टीमलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । बिजेता टीमलाई नगद रु १५ हजार र उपबिजेतालाई रु १० हजार प्रदान गरिने आयोजक बिद्यालयका बिव्यस अध्यक्ष शेर बहादुर चन्दले जानकारी दिनुभयो ।
प्रतियोगितामा भोलि आइतबार आयोजक सरस्वती मावि र सिद्धपुर निर्माण सेवा बिच फाईनल खेल हुनेछ । भलिबलमा १० वटा टिमको सहभागिता रहेको थियो ।
