Jaya Bhagawati melauli sunchadi

केन र रचिनको सतकमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

Chand Kirana Pasal
Patan vally

आइसिसी च्याम्पियन्स ट्रफीको उपाधिका लागि न्युजिल्यान्ड र भारतबीच प्रतिस्पर्धा हुने भएको छ।

बुधबार पाकिस्तानको लाहोरमा भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले पराजित गर्दै न्युजिल्यान्डले भारतसँगको उपाधि भेट पक्का गरेको हो।

न्युजिल्यान्डले दिएको ३६३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेटको क्षतिमा ३१२ रन जोड्यो।

उसका लागि भान डेर डुसेनले ६६ बलमा ६९ रन र डेभिड मिल्लरले ६७ बलमा नटआउट १०० रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन।

बलिङमा न्युजिल्यान्डका मिचेल सान्टनरले ३ विकेट लिए भने म्याट हेनरी र  ग्लेन फिलिप्सले २-२ विकेट हात पारे।

Kailpal bahudeshiya

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ६ विकेटको क्षतिमा ३६२ रन जोड्यो।

न्युजिल्यान्डका लागि रचिन रविन्द्र र केन विलियमसनले शतक प्रहार गरे। ओपनिङ ब्याटर रचिनले १०१ बलमा १३ चौका र १ छक्काको मद्दतमा १०८ रन बनाए।

विलियमसनले ९४ बलमा १० चौका र २ छक्का प्रहार गर्दै १०२ रन बनाए।

ड्यारेल मिचेलले ३७ बलमा ४९ रन र ग्लेन फिलिप्सले २७ बलमा नटआउट ४९ रन जोडे पनि न्युजिल्यान्डले विशाल योगफल तयार गर्‍यो।

बलिङमा दक्षिण अफ्रिकाका लुंगी एनगिडीले ३ विकेट लिए भने कागिसो रबडाले २ विकेट हात पारे।

अब न्युजिल्यान्डले उपाधिका लागि आइतबार दुबईमा भारतसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई पराजित गरेर फाइनलमा स्थान पक्का गरेको थियो।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.