Jaya Bhagawati melauli sunchadi

आइपिएलमा सनराइजर्स हैदरावादको विजयी सुरुवात,राजस्थान रोयल्स लाई ४४ रनले हरायो

Patan vally
Kailpal bahudeshiya

हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो।

२ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो ।टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए ।

जुरेलले ३५ बलमा ५ चौका र ६ छक्काको साथमा सर्वाधिक ७० रन जोडे। साम्सनले ३७ बलमा ७ चौका र ४ छक्कासहित ६६ रन बनाए। हैदरवादका सिमरहित सिंह र हर्षल पटेलले समान २ , मोहम्मद सामी र एडन जाम्पाले समान १ विकेट लिए।

त्यसअघि राजस्थानले टस जितेर हैदरावादलाई ब्याटिङको लागि आमन्त्रण गरेको थियो।

इशान किसनको आक्रमक शतकीय इनिङसँगै हैदरावादले ६ विकेटको नोक्सानीमा २ सय ८६ रन बनाएको थियो।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.