Jaya Bhagawati melauli sunchadi

आईपीएलमा रोयल च्यालेन्जर्स बेंगलुरुले चेन्नई सुपर किंग्सलाई उसकै मैदानमा ५० रनले हरायो

Chand Kirana Pasal
Patan vally

रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सलाई उसकै मैदानमा पराजित गरेको छ ।

चेपकमा बेंगलुरुले चेन्नईलाई १७ वर्ष पछि ५० रनले हराएको हो । सन् २००८ को पहिलो संस्करणमा बेंगलुरुले चेन्नईलाई हराएको थियो । त्यसछिको यो नै पहिलो जित हो ।

१ सय ९७ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि ओपनर रचिन रविन्द्रले ३१ बलमा ५ चौकाको सहयोगमा सर्वाधिक ४१ रन जोडे । रविन्द्र जडेजा १९ बलमा २ चौका र १ छक्काको सहयोगमा २५ रनमा आउट भए ।

शिभम दुबे १५ बलमा १९ रन बनाए । महेन्द्रसिंह धोनी १६ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३० रनमा अविजित रहे ।

चेन्नईलाई सस्तैमा रोक्न बेंगलुरुका लागि जोस हेजलवुडले ४ ओभरमा २१ रन खर्चिएर ३ विकेट लिए । यश दयाल र लियम लिभिङ्स्टोनले समान २ तथा भुवनेश्वर कुमारले १ विकेट लिए ।

Kailpal bahudeshiya

त्यसअघि चेन्नइको एमए चिदम्बरम अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम चेपकमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९६ रनको योगफल तयार गरेको थियो ।

बेंगलुरुको लागि कप्तान रजत पाटिदारले ३२ बलको सामना गर्दै ४ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ५१ रन जोडे ।

बेंगलुरुको कप्तानको रुपमा पाटिदारले पहिलो अर्धशतक ३० बलमा पूरा गरे । ओपनर फिल साल्टले १६ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३२ रन जोडे ।

विराट कोहली ३० बलमा २ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाउँदै आउट गरे । देवदत्त पटीकल १४ बलमा २७, जितेश शर्मा ६ बलमा १२ तथा लियम लिभिङ्स्टोन ९ बलमा १० रन जोडे ।

कोलकाता नाइटराइडर्ससँगको अघिल्लो खेलमा प्लेयर अफ द म्याच बनेका कुर्नाण पाण्ड्या रनको खाता नखोल्दै आउट भए । टिम डेबिड ६ बलमा २२ रन बनाउँदै अविजित रहे ।

चेन्नईका लागि नुर अहमदले ३, मथिशा पथिरानाले २ तथा खलिल अहमद र रविचन्द्रन आश्विनले समान १ विकेट लिए ।

बेंगलुरु २ खेलमा अपराजित रहँदै ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । बेंगलुरुले पहिलो खेलमा कोलकाता नाइटराइडर्सलाई पराजित गरेको थियो ।

दोस्रो खेलमा पहिलो हार बेहोरेको चेन्नईको २ खेलमा २ अंक छ । पहिलो खेलमा चेन्नईले मुम्बई इण्डियन्सलाई पराजित गरेको

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.