Jaya Bhagawati melauli sunchadi

आइपिएलमा पञ्जाब किंग्सको लगातार दोस्रो जित, लखनउ ८ विकेटले पराजित

Chand Kirana Pasal
Patan vally

काठमाडौं : पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ ।

मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

पञ्जाबको जितमा ओपनर ओपनर प्रभसिमरन सिंहले ३४ बलमा ९ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६९ रन जोडे । प्रभसिमरनले दोस्रो विकेटका लागि कप्तान श्रेयस ऐरसँग मिलेर ८४ रनको साझेदारी गरे । कप्तान ऐर ३० बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५२ रनमा नट आउट रहे ।

Kailpal bahudeshiya

तेस्रो विकेटका लागि कप्तान ऐर र नेहाल बढेराले ६७ रनको विजयी साझेदारी गरे । नेहालले २५ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ४३ रनमा नट आउट रहे । ओपनर प्रियासं आर्य ८ रनमा आउट भए । लखनउका लागि दुवै सफलता दिग्वेश राठीले दिलाए ।

त्यसअघि लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार गरेको थियो ।

लगातार दोस्रो जितका साथ पञ्जाब ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो ।

यस्तै, पराजित लखनउले तेस्रो खेलमा दोस्रो हार बेहोरेको छ । लखनउ ३ खेलमा २ अंकका साथ तालिकाको छैठौं स्थानमा छ । दिल्ली क्यापिटल्ससँगको पहिलो खेल गुमाएको लखनउले दोस्रोमा सनराइजर्स हैदराबादलाई पराजित गरेको थियो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.