Jaya Bhagawati melauli sunchadi

सनराइजर्स हैदराबादको लगातार तेस्रो हार,कोलकाताले ८० रनले हरायो

Chand Kirana Pasal
Patan vally

काठमाडौं : सनराइजर्स हैदराबादले इण्डियन प्रिमियर लिग(आइपिएल) मा लगातार तेस्रो हार बेहारेको छ

कोलकाता नाइट राइडर्सले हैदराबादलाई बिहीवार ८० रनले हराएको छ। हैदराबादले सिजनको पहिलो खेलमा राजस्थानलाई हराएको थियो । त्यसपछि लगातार तीन खेल हारेको छ ।

२ सय १ रनको लक्ष्य पछ्याएको हैदराबाद १६.४ ओभरमा १ सय २० रनमा समेटियो ।

हैदराबादका हेनरिक क्लासेनले २१ बलमा २ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ३३ रन जोडे । कमिन्डु मेन्डिसले २० बलमा १ चौका र २ छक्काको सहयोगमा २७ रन बनाए ।

नितिशकुमार रेड्डी १५ बलमा १९, ओपनर ट्राभिस हेड २ बलमा ४, अभिषेक शर्मा ६ बलमा २, इशान किसन ५ बलमा २ तथा अनिकित बर्मा ६ बलमा ६ रनमा आउट भए ।

हैदराबादलाई रोक्न बैभव अरोरा र वरुण चक्रवर्तीले समान ३, आन्द्रे रसेलले २ तथा हर्षित राना र सुनिल नारायणले समान १ विकेट आफ्नो नाममा गरे ।

Kailpal bahudeshiya

त्यसअघि घरेलु मैदान इडन गार्डेन्समा टस हारेर बलिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय रन बनाएको थियो ।

कोलकाताका वेंकटेस अय्यरले २९ बलमा ७ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६० रन जोडेका थिए ।

पाँचौ विकेटका लागि रिंकु सिंहसँग अय्यरले ९१ रनको साझेदारी गरे । रिंकु १७ बलमा ४ चौका र १ छक्कामा ३२ रन बनाउँदै नट आउट रहे ।

अंगकृष्ण रघुवंशीले ३२ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५२ रन बनाए । टोलीको स्कोर १४ रनमा रहँदा पहिलो ओपनर क्विटन डि कक १ रनमा आउट भएकामा अर्का ओपनर सुनिल नारायण ७ रन बनाउँदै आउट भए ।

तेस्रो विकेटका लागि कप्तान अजिक्या रहाणे र रघुवंशीले ८१ रनको महत्वपूर्ण साझेदारी गरे । कप्तान राहाणेले २७ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३८ रन जोडेका थिए ।

सुरुवात राम्रो गर्न नसकेको कोलकालाले पछिल्लो ५ ओभरमा २ विकेट गुमाएर ७८ रन जोड्न सफल भएकाे थियाे ।

हैदराबादका लागि हर्षल पटेल, मोहम्मद सामी, कप्तान प्याट कमिन्स, जिशान अन्सारी र कमिन्डु मेन्डिसले समान १ विकेट आफ्नो नाममा गरेका थिए ।

हैदराबादले दोस्रो खेलमा लखनउ सुपर जायन्ट्ससँग र तेस्रो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो । हैदराबाद ४ खेलमा २ अंकका साथ पुछारमा छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.