

काठमाडौं : सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) दोस्रो जित हासिल गर्ने क्रममा पन्जाब किंग्सलाई ८ विकेटले हराएको छ।
२ सय ४६ रनको लक्ष्य पछ्याएको हैदरावादले अभिषेक शर्माको सानदार शतकको मद्दतमा निर्धारित २० ओभरमा ९ बल अघि २ विकेट गुमाएर पूरा गर्यो ।
अभिषेक र ट्रेभिस हेडले पहिलो विकेटका लागि १ सय ७१ रनको साझेदारी गर्दै जितको आधार तयार पारे ।
अभिषेकले ४० बलमा ११ चौका र ६ छक्कासहित आइपिएलमा आफ्नो पहिलो शतक पूरा गरेका थिए ।
५५ बल खेलेका अभिषेकले १४ चौथो र १० छक्कामा १ सय ४१ रनको योगदान गरे । उनी अर्शदीप सिंहको बलमा आउट भएका थिए ।

हेड ३७ बलमा ९ चौका ३ छक्कासहित ६६ रन बनाए । हर्निच क्लासन २१ र इसान किसन ९ रनमा नटआउट रहे।
त्यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पन्जाबले पहिले ब्याटिङ गर्यो। २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ४५ रनको ठूलो योगफल खडा गर्यो।
कप्तान श्रेयस अयरले सानदार ब्याटिङ गरे। ३६ बल खेल्दै ६ चौका र ६ छक्का सहित सर्वाधिक ८२ रन बनाए।
प्राभिसिमरन सिंहले ४२ रन जोडे। प्रियान्स आर्याले ३६ रन र नेहाल वादेराले २७ रन बनाए। यस्तै मार्कस स्टोनिस अविजित ३४ रनमा रहे। उनले मात्र ११ बल खेल्दै ४ छक्का र १ चौका प्रहार गरे।
बलिङमा हर्ष पटेलले ४ ओभर बलिङ गर्दै ४२ रन खर्चेर ४ विजेट लिए। इशान मालिङ्गाले २ विकेट झारे।
पहिलो जित पछि हैदरावादले लगातार ४ खेल हारेको थियो। ६ खेलमा ४ अंकसहित हैदरावाद आठौं स्थानमा उक्लिएको छ। पन्जाब ५ खेलमा ६ अंकसहित छैंटौं स्थानमा छ।
