Jaya Bhagawati melauli sunchadi

आईपीएलमा मुम्बईले हैदराबादलाई ४ विकेटले हरायो

Chand Kirana Pasal
Patan vally

मुम्बई इण्डियन्स नेपाल सुपर लिग (आइपिएल) मा तेस्रो जित निकाल्न सफल भएको छ। सनराइजर्स हैदरबादलाई ४ विकेटले हराउँदै मुम्बईले तेस्रो जित दर्ज गरेको हो।

जितको लागि १ सय ६३ रनको चुनौति पछाएको मुम्बईले १८.१ओभरमा ६ विकेटको नोक्सानीमा पूरा गर्यो।

ओपनर रोहित शर्मा २६ रनमा र रायन रिकेल्टन ३१ रन जोडेर आउट भए। यसपछि सूर्य कुमार यादव २६ रनमा र विल ज्याक्स ३६ रनमा पबिलियन फर्कदा मुम्बईले ४ विकेटको नोक्सानीमा १ सय २८ रन बनाएको थियो।

त्यसपछि स्कोर टाइ भएपछि जितको लागि १ रन जरुरी हुँदा मुम्बईले १८ औं ओभरमा २ विकेट गुमायो। हार्दिक पाण्ड्या २१ रनमा र नमन धीर रनको खाता नखोली आउट भए। तिलक वर्माले अवोजित २१ रन बनाएर टिमलाई ११ बल अगाडि जित दिलाए।

बलिङमा प्यटा क्युमिन्सले ४ ओभर बलिङ गर्दै २६ रन खर्चेर ३ विकेट लिए।

Kailpal bahudeshiya

वानखेडे स्टेडियममा त्यसअघि टस जितेर मुम्बईले पहिले फिल्डिङ रोज्यो। सनराइजर्सले २० ओभरमा ५ विजेट गुमाउँदै १ सय ६२ रन बनायो।

अभिषेक शर्मा र ट्राभिस हेडले पहिलो विकेटको लागि ५९ रनको साझेदारी गरे। अभिषेक २८ बल खेल्दै ७ चौका सहित ४० रनमा आउट भए। यसपछि भने हैदराबादले निरन्तर विकेट गुमायो। इशान किशन २ रनमा र ट्राभिस २९ बलमा २८ रन जोडेर आउट भए।

नितिश कुमार रेड्डी १९ रनमा र हेनरिक क्लासेन ३७ रनमा पबिलियन फर्किए। अंकित बर्मा अविजित १८ रनना क्रिजमा रहे।

बलिङमा विल ज्याक्सले ३ ओभर बलिङ गर्दै १४ रन दिएर ३ विकेट लिए। यसैगरी ट्रेन्ट बाउल्ट, जसप्रति बुमराह र हार्दिक पाण्ड्याले समान १ विकेट झारे।

सातौं खेलमा ६ अंक बनाएको मुम्बई लिगको सातौं स्थानमा रहेको छ।

हैदराबादको‌ यो पाँचौं हार हो। ७ खेलबाट उसले मात्र ४ अंक बनाएको छ। टोली अंक तालिकाको नवौं स्थानमा छ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.