Jaya Bhagawati melauli sunchadi

आइपिएलमा लखनउले राजस्थानलाई २ रनले हरायो

Chand Kirana Pasal
Patan vally

काठमाडौं : लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पाँचौं जित हात पारेको छ। राजस्थान रोयल्सलाई रोमाञ्चक शैलीमा २ रनले हराउँदै लखनउले १० अंक बनाएको छ।

जितको लागि १ सय ८१ रनको लक्ष्य पछाएको राजस्थान २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७८ रनमा रोकियो।

राजस्थान जितको नजिक पुगेर पनि साँघुरो अन्तरको हार बेहोर्न बाध्य भयो। ओपनर यशस्वी जयसवाल र वैभव सूर्यवंशीले पहिलो विकेटको लागि ८५ रनको साझेदारी गरे। वैभव ३४ रनमा आउट भए। लगतै नितिश राना ८ रनमा पबिलियन फर्किए।

यशस्वी भने क्रिजमा टिके। उनले अर्धशतक बनाए। ५२ बल खेल्दै ५ चौका र ४ छक्का सहित ७४ रनको पारी खेले। १ सय ५६ रन जोड्दा राजस्थानले ३ विकेट गुमाएको थियो। कप्तान रायन परागले ३९ रन जोडे।

अन्तिम ६ बलमा जितको लागि ९ रन बनाउनु पर्ने थियो। ध्रुव जुरेलले पहिलो बलमा १ रन जोडे। यसपछि बलमा समस्या देखिएपछि बल परिवर्तन गरियो।

दोस्रो बलमा सिम्रन हेटमेरले २ रन जोडे। तर तेस्रो बलमा हेटमेर १२ रनमा आउट भएपछि राजस्थान दबाबमा आयो।

Kailpal bahudeshiya

शुभम दुबेले चौथो बल डट खेले। उनले नै पाँचौं बलमा २ रन जोडेपछि अन्तिम बलमा जितको लागि चौका जरुरी थियो। तर दुबेले आभेष खानको बलमा १ रन मात्र लिन सके। यो सँगै लखनउले २ रनको रोमाञ्चक जित हात पार्यो।

बलिङमा आभेष खानले सर्वाधिक ३ विकेट लिए। सार्दुल ठाकुर र एडन मार्कमले १/१ विकेट झारे।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको लखनउले ८  विकेटको क्षतिमा १ सय ८० रन बनाएको छ। एडन मारक्रम र आयुष बाडोनीले अर्धशतक बनाए ।

मारक्रमले ४५ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ६६ रन बनाए । आयुषले ३४ बलमा ५ चौका र १ छक्का साथ ५० रन जोडे।

अब्दुल सामदले १० बलमा ४ छक्कासहित नटआउट ३० रन‌ बनाए । निकोलस पुरनले ११ रन जोडे भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

वानिन्डु हसरंगाले २ , जोफ्रा आर्चर, सन्दीप शर्मा, तुसार देशपाण्डेले समान १ विकेट लिए।

जितमा १० अंक बनाएको लखनउ अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। राजस्थानको यो छैटौं हार हो। ४ अंक सहित लिगको आठौं स्थानमा रहेको छ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.