

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले राजस्थान रोयल्सलाई ११ रनले हराएको छ।
जितको लागि २ सय ६ रनको चुनौति राजस्थानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९४ रनमा अल आउट भयो।
ओपनर यशस्वी जैसवाल र वैभव सूर्यवंशीले पहिलो विकेटको लागि ५२ रनको साझेदारी गरे। वैभव १६ रनमा आउट भए। यसपछि यशस्वी अर्धशतकबाट मात्र १ रनले चुके। १९ बलमा ७ चौका र ३ छक्का सहित ४९ रनमा जोश हेजल्उडको बलमा आउट भए।
त्यसपछि राजस्थानले ठुलो साझेदारी बनाउँदै आरसिबीलाई दबाब दिन सकेन। कप्तान रियान पराग २२ रनमा, नितीश राना २८ रनमा र सिम्रोन हेटमेर मात्र १२ रनमा आउट भए।
त्यसपछि ध्रुव जुरेल ४७ रनमा आउट भए। योसँगै राजस्थान १ सय ९४ रनमा समेटियो।

बलिङमा जोश हेजलउडले ४ ओभरमा ३३ रन दिएर ४ विकट आफ्नो नाममा लेखाए। क्रुनाल पाण्ड्याले २ विकेट लिए।
त्यसअघि राजस्थानले टस जित्दै आरसिबीलाई पहिले ब्याटिङको लागि उतार्यो। आरसिबीले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रनको योगफल बनायो।
ओपनर फिल साल्ट र विराट कोहलीले पहिलो विकेटको लागि ६१ रनको साझेदारी गरे। यी दुईले पहिलो पावर प्लेमा ५९ रन जोडे। साल्ट २६ रनमा आउट भए।
त्यसपछि विराटसँग मिलेर देवदत्त पाडिकलले तेस्रो विकेटको लागि ९५ रनको सानदार साझेदारी गरे। यो क्रममा दुवैले अर्धशतक बनाए।
४२ बल खेल्दै ८ चौका र २ छक्का प्रहार गर्दै विराटले सर्वाधिक ७० रनको पारी खेले। देवदत्तले २७ बल खेल्दै ४ चौका र ३ छक्काको मद्दतमा ५० रन बनाए। यस्तै टिम डेबिटले २३ रन जोड्दा जितेश शर्मा अविजित २० रनमा रहे।
बलिङमा सन्दीप शर्माले २ विकेट लिए। जोफ्रा आर्चर र वानिन्दु हसरङ्गाले समान १ विकेट झारे।
आरसिबीसँग १२ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। राजस्थानसँग मात्र ४ अंक रहेको छ।
