Jaya Bhagawati melauli sunchadi

वैभवको शतकमा राजस्थानको शानदार जित

Chand Kirana Pasal
Patan vally

काठमाडौं : १४ वर्षीय वैभव सूर्यवंशीको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिगमा गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको छ ।

गुजरातले प्रस्तुत गरेको २ सय १० रनको लक्ष्य राजस्थानले १६ औं ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । ओपनर वैभवले मात्र ३५ बलमा शतक पूरा गरेपछि राजस्थानको जित सहज भएको थियो । उनले १२ औं ओभरमा आउट हुनुअघि १ सय १ रन जोडे । ३८ बलको सामना गरेका वैभवले ७ चौका र ११ छक्का प्रहार गरे । उनी आइपिएलमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने । उनी सबैभन्दा छिटो शतक बनाउने भारतीय खेलाडी पनि बनेका छन् ।

अर्का ओपनर यशस्वी जैसवालले नटआउट ७० रन बनाए । उनले ४० बलमा ९ चौका र २ छक्का प्रहार गरे । वैभव र जैसवालले पहिलो विकेटका लागि १ सय ६६ रनको साझेदारी गरेका थिए । नितिश रानाले ४ रन जोड्दा कप्तान रियान पराग ३२ रनमा नटआउट रहे । प्रसिद्ध कृष्णा र राशिद खानले १-१ विकेट लिए ।

Kailpal bahudeshiya

त्यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रनको योगफल खडा गर्यो । ओपनर तथा कप्तान शुभमन गिलले सर्वाधिक ८४ रनको योगदान दिए । उनले ५० बलमा ८४ रन जोड्ने क्रममा ५ चौका र ४ छक्का प्रहार गरे ।

गिल र साई सुदर्शनले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरेका थिए । ११ औं ओभरमा साइ आउट भएपछि साझेदारी तोडिएको थियो । उनले ३० बलमा ४ चौका र १ छक्का सहित ३९ रन जोडे ।

गिल र बटलरबीच दोस्रो विकेटका लागि ७४ रनको साझेदारी भयो । बटलर २६ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा नटआउट रहे । वासिंगटन सुन्दरले ८ बलमा १३ रन जोडे । राहुल तेवाटिया ९ रनमा आउट हुँदा शाहरुख खानले नटआउट ५ रन बनाए ।

राजस्थानका महिश थिक्सानाले २ विकेट तथा जोफ्रा आर्चर र सन्दीप शर्माले १-१ विकेट लिए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.