Jaya Bhagawati melauli sunchadi

आईपीएल डेब्यूमै कोनोलीको अर्धशतक, गुजरातमाथि पन्जाबको जित

Patan vally

कूपर कोनोलीले डेब्यू खेलमै अर्धशतक प्रहार गरेपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा विजयी सुरुवात गरेको छ ।

मंगलबार मुल्लानपुरमा भएको खेलमा गुजरात टाइटन्सलाई ३ विकेटले पराजित गर्दै पन्जाबले २ अंक जोडेको हो । गुजरातले दिएको १६३ रनको लक्ष्य पन्जाबले ५ बल बाँकी छँदा ७ विकेटको क्षतिमा पूरा गर्‍यो ।

अस्ट्रेलियाका २२ वर्षीय अलराउन्डर कोनोलीले बलिङ नगरेपनि ब्याटिङमा ४४ बलमा अविजित ७२ रन बनाए । ओपनर प्रभसिमरन सिंहले ३७ रन बनाए । कप्तान श्रेयस अय्यरले १८ रन बनाए ।

इम्प्याक्ट सबका रूपमा दोस्रो इनिङमा मैदान प्रवेश गरेका प्रसिधले १० ओभरपछि बलिङ पाएका थिए । उनले आफ्नो सुरुवाती १० बलमा ३ रन मात्र दिएर ३ विकेट लिँदै पन्जाबलाई दबाबमा राखेपनि सेट ब्याटर कोनोलीले पन्जाबलाई जित दिलाए ।

Kailpal bahudeshiya

प्रसिधको ३ विकेटसहित वासिङटन सुन्दर, कगिसो रबाडा, अशोक शर्मा र राशिद खानले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १६२ रन बनाएको थियो । सुरुवात राम्रो गरेको भएपनि गुजरातले फिनिसिङ राम्रो गर्न सकेन ।

कप्तान शुभमन गिलले ३९ तथा जस बट्लरले ३८ रन बनाए । १० ओभरमा ८४-२ को अवस्थामा भएको गुजरातले थप १० ओभरमा ७८ रन बनायो । ग्लेन फिलिप्सले २५ तथा वासिङटन सुन्दरले १८ रन बनाए ।

पन्जाबका लागि विजयकुमार वाइसाकले ४ ओभरमा ३४ रन दिएर ३ विकेट लिए । युजभेन्द्र चहलले ४ ओभरमा २८ रन दिएर २ विकेट लिए । मार्को यानसेनले ४ ओभरमा २० रन दिएर १ विकेट लिए ।

आईपीएलमा बुधबार दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स खेल्ने छन् ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.