Jaya Bhagawati melauli sunchadi

पाटन प्रिमियर लिगः सुपर सिक्समा पञ्चेश्वर गाउँपालिकाले पाटन कृकेट क्लबलाई हरायो

Chand Kirana Pasal
Patan vally
Kailpal bahudeshiya

बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगको सुपर सिक्समा पञ्चेश्वर गाउँपालिका विजयी भएको छ ।
आजको पहिलो खेलमा पञ्चेश्वर गाउँपालिकाले पाटन क्रीकेट क्लबलाई ८० रनले पराजित गरेको हो ।
पञ्चेश्वर गाउँपालिकाले दिएको २१० रनको लक्ष पछ्याएको पाटन क्रीकेट क्लबले १७.२ ओभरमा १२९ रनमा समेटियो । पाटनका सुमित बुढालले ५२ रनको अर्धसतकीय पारी खेलेका थिए । दिपक बोहराले २७ रनको योगदान दिएका थिए ।
पञ्चेश्वरका लागि हिक्मत महरा र दिनेश महराले  ३/३ विकेट लिए ।
यसअघि कृष्ण माविको खेलमैदानमा टस हारेर ब्याटिङ गरेको पञ्चेश्वर गाउँपालिकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २०९ रन बनाएका थिए ।
पञ्चेश्वरका लागि बिकास कार्कीले ९८ रनको इनिङ खेलेका थिए । बिरेन्द्र नाथले पनि ५९ रनको योगदान गरेका थिए ।
पाटनका निरज बिष्टले २ विकेट लिए ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.