Jaya Bhagawati melauli sunchadi

अमेरिकाकाे राष्ट्रपतिमा डाेनाल्ड ट्रम्प विजयी

Chand Kirana Pasal
Patan vally

अमेरिकाको ४७औं राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी हुनुभएको छ । अहिलेकी उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराएर ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

जीतका लागि दुई सय ७० इलेक्टोरल मत चाहिनेमा रिपब्लिकन उम्मेदवार ट्रम्पले दुई सय ७९ इलेक्टोरल मत ल्याउनुभएको छ । यद्यपि ट्रम्प विजयी भएकाे औपचारिक घाेषणा हुन बाँकी नै छ । कमला ह्यारिसले दुई सय २३ मत ल्याउनुभएको छ । अमेरिकाकाे राष्ट्रपतिमा निर्वाचित हुन कुल पाँच सय ३८ मतमध्ये कम्तीमा दुई सय ७० इलेक्टोरल मत ल्याउनुपर्छ ।

Kailpal bahudeshiya

यसअघि डोनाल्ड ट्रम्प सन् २०१६ मा पनि अमेरिकी राष्ट्रपति पदमा विजयी हुनुभएको थियो । त्यसबेला उहाँ हिलारी क्लिन्टनलाई हराउँदै पहिलाे पटक अमेरिकाकाे राष्ट्रपति बन्नुभएकाे थियाे । ट्रम्प सन् २०२० मा भने जाे बाइडेनसँग पराजित हुनुभएकाे थियाे ।

यसपटक अमेरिकामा इतिहासकै कडा प्रतिस्पर्धा हुने र अमेरिकी इतिहासमा पहिलो पटक महिला राष्ट्रपति चुनिने सम्भावना रहेको विश्लेषण भइरहेको थियो । तर डोनाल्ड ट्रम्पले सहजै चुनाव जित्नुभएको छ ।

डेमोक्र्याट दलका किल्ला भनिएका राज्य र मतदाताले जुनसुकै बेला मत परिवर्तन गर्न सक्ने भनिएका राज्यमा ट्रम्पको बलियो उपस्थिति देखिएको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.