Jaya Bhagawati melauli sunchadi

क्रिकेट महाउत्सव एनपीएल आजदेखि, विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै

Patan vally

नेपाली क्रिकेटको सबैभन्दा प्रतिक्षा गरिएको प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) टी२० फ्रेन्चाइज लिग आज देखि सुरु हुँदैछ ।

एनपीएल-फेस्टिभल अफ हिमालयज भन्ने नाराका साथ आयोजना हुन लागेको एनपीएलमा ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् ।

Kailpal bahudeshiya

स्टार स्पोर्ट्सबाट पहिलो पटक प्रत्यक्ष प्रशारण, पहिलो पटक फ्रेन्चाइज लिगमा ८ टिम सहभागि, टीयू मैदानमा विभिन्न खालका सुविधा, करोडौँ लगानी देखि स्टार विदेशी खेलाडीको आगमनले एनपीएले सुरु हुनु अघि नै निकै ठूलो हाइप पाइसकेको छ ।

सहभागि टिम र खेलाडीहरुका साथै लगानीकर्ता अनी क्रिकेटका क्रेजी समर्थकहरु आज देखि हुने एनपीएलका लागि तयार छन् र निकै उत्सहित भएर बसेका छन् । अब त्यो प्रतिक्षाको घडी सकिन केही घण्टा मात्र बाँकी छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.