Jaya Bhagawati melauli sunchadi

नरेन र मक्मलेनको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमको लगातार दोस्रो जित

Patan vally

काठमाडौ : नेपाल प्रिमियर लिग एनपिएल मा सुदूरपश्चिम रोयल्स लगातार दोस्रो खेलमा विजयी भएको छ। सुदुरपश्चिमले बिहीबार भएको दिनको दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गर्‍यो।

काठमाडौंको भने यो दोस्रो हार हो। यसअघिका दुई खेलमा काठमाडौंले एक हार र एक जित निकालेको थियो।

Kailpal bahudeshiya

सुदूरपश्चिमले दिएको १६८ रनको लक्ष्य पछ्याएको काठमाडौं १५.५ ओभरमा ९४ रनमा अलआउट भयो। सुदूरपश्चिमका युवा स्पिनर नरेन साउदले पाँच विकेट लिएपछि काठमाडौं कमजोर स्कोरमा अलआउट भयो।

काठमाडौंका लागि स्टेफन स्किनाजीले सबैभन्दा बढी ३७ रन जोडे। उनले नरेन साउदको बलमा इशान पाण्डेबाट क्याच हुनुअघि ३३ बलमा ५ चौका र १ छक्का प्रहार गरे।

काठमाडौंका ‌ओपनर चल्न सकेनन्। ओपनरद्वय माइकल लेभिट ५ रन र शंकर राना ३ रनमा आउट भए।

भीम सार्की र गेरार्ल्ड इरासमस १०-१० रन जोडेर आउट भए। सुमित महर्जन पनि १४ रन जोडेर आउट भएपछि काठमाडौं दबाबमा आएका थिए।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.