Jaya Bhagawati melauli sunchadi

लगातार तीन खेल जितेको सुदूरपश्चिमलाई चितवनले हरायो

Patan vally

काठमाडौं:सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले पहिलो हार ब्यहोरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदुरपश्चिमलाई चितवन राइनोजले  ३३ रनले पराजित गरेको हो।

चितवनको भने यो तेस्रो जित हो। उसले अघिल्ला तीन मध्ये एक खेलमा पराजय भोगेको थियो। सुदूरपश्चिम भने यसअघि लगातार तीन खेलमा विजयी भएको थियो।

Kailpal bahudeshiya

आइतबार चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८.२ ओभरमा १३१ रनमै अलआउट भयो।

सुदूरपश्चिमका ओपनरद्वय सइफ जइब १८ रन र विनोद भण्डारी १० रनमा आउट भए। ब्रान्डन माक्मलेनले १३ रन र दिलप्रित बजवाले १२ रन जोड्न सके।

कप्तान दीपेन्द्रसिंह ऐरी १ रन, आरिफ शेख ४ रन र नरेश बुढाऐर ५ रनमै आउट भए। इशान पाण्डेले ३५ रन जोड्न सके। पाण्डेले २८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। नरेन राउद १० रन र स्कट कुगेलेइनले १६ रन बनाए।

बलिङमा चितवनका रिजन ढकाल, कुशल मल्ल, लोफ्टी इटन र अमरसिंह रटेउलाले २-२ विकेट लिए।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.