Jaya Bhagawati melauli sunchadi

घातक बलिङ गरेको सुदूरपश्चिमले ५१रनमै अलआउट गरेपछि जनकपुरको पहिलो हार

Patan vally

काठमाडौ : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले पहिलो हार ब्याहोरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिम रोयल्ससँग ७२ रनले पराजित भएपछि जनकपुरको चारको जितको ऋंखला तोडिएको हो।

दुवै टोलीले पाँच पाँच खेल खेल्दा चार चार खेलमा जित निकालेका छन्।

Kailpal bahudeshiya

बुधबार दिनको पहिलो खेलमा सुदूरपश्चिमले दिएको १२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा ५१ रनमै अलआउट भयो।

खराब सुरुवात गरेको जनकपुरका सुरूवाती ६ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। घातक बलिङ गरेको सुदूरपश्चिमले चार ओभरभित्रमा जनकपुरको ५ विकेट लिएको थियो। त्यतिबेला जनकपुरले २८ रन जोडेको थियो। बाँकी ५ विकेट गुमाउँदा उसले २३ रन मात्र जोड्न सक्यो।

ओपनर तथा कप्तान अनिलकुमार साहलाई सइफ जइबले दोस्रो ओभरमा शून्यमा बोल्ड गरे। तेस्रो ओभरमा आसिफ शेखलाई दीपेन्द्रसिंह ऐरीले ४ रनमा आउट गरे। यो ओभरमा हर्ष थाकरलाई हरमित सिंहले ५ रनमा रनआउट गरे।

अर्को ओभरमा लाहिरु मिलन्थालाई इशानले पाण्डेले आरिफ शेखबाट क्याच गराए। त्यसपछि ऐरीले जेम्स निशमलाई ४ रनमा बोल्ड गरेका थिए।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.