Jaya Bhagawati melauli sunchadi

युएईको इन्टरनेसनल लिग टी-२० खेल्दै कुशल मल्ल

Patan vally

काठमाडौं : नेपाली राष्ट्रिय टोलीका ब्याटिङ अलराउन्डर कुशल मल्लले युएईको इन्टरनेसनल लिग टी-२० खेल्ने भएका छन्।

आगामी महिना सुरू हुने सन् २०२५ को सिजनका लागि मल्लसँग डेजर्ट भाइपर्सले सम्झौता गरेको हो।

यसअघि टोलीमा रहेका नेदरल्यान्ड्सका अलराउन्डर बास डी लिडे घाइते भएपछि उनको स्थानमा मल्लले खेल्ने भएका हुन्।

बास डी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्समा आबद्ध भए पनि घाइते भएपछि स्वदेश फर्किएका थिए।

भाइपर्सले उनको सम्झौता रकम नखुलाए पनि यो लिगको खेलाडीको तलब कम्तिमा पनि २० हजार अमेरिकी डलर छ।

२० वर्षीय मल्लले सिजनको एनपिएलमा चितवन राइनोजको कप्तानी गरेका थिए।

Kailpal bahudeshiya

चितवनले सिजनको एनपिएलमा प्लेअफमा स्थान पक्का गरेको थियो। मल्ल एनपिएलमा सर्वाधिक रन प्रहार गर्ने  नेपाली ब्याटरको सूचीमा चौथो स्थानमा थिए। उनले ८ खेलमा २२४ रन बनाएका थिए भने ९ विकेट लिएका थिए।

बायाँ हाते ब्याट्सम्यान र बायाँ हाते स्पिन बलर मल्लले फेब्रुअरी  २०२० मा अमेरिकाविरुद्ध १५ वर्ष र ३४० दिनको उमेरमा आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए।

मल्ल टी-२० नेपालका लागि पाँचौं सर्वाधिक रन बनाउने खेलाडी हुन्, उनले ४७  खेलमा एक शतक, चार अर्धशतक साथ ९१७ रन बनाएका छन्।

सन् २०२३ को एसियाली खेलकुदमा मंगोलिया विरुद्ध नटआउट १३७ रन बनाउँदा उनले आठ चौका र १२ छक्का प्रहार गरेका थिए।  यो टी–२० को इतिहासमा पुरुषतर्फको तेस्रो नम्बरका ब्याट्सम्यानले बनाएको उच्चतम स्कोर हो ।

मल्ललाई अनुबन्ध गर्ने बारे प्रतिक्रिया दिँदै डेजर्ट भाइपर्स क्रिकेटका निर्देशक टम मुडीले भने, ‘कुशललाई डेजर्ट भाइपरमा स्वागत गर्न पाउँदा हामी खुसी छौं। उनी एक युवा खेलाडी हुन्, उनीसँग उच्चस्तरमा महत्त्वपूर्ण अनुभव छ।

आइएल टी-२० युएईको फ्रेञ्चाइज क्रिकेट लिग हो। सन् २०२३ को पहिलो सिजन उपविजेता बनेको डेजर्ट भाइपर्सले यो सिजनको पहिलो खेल १२ जनवरीमा अबुधबीको जायेद क्रिकेट स्टेडियममा अबुधाबी नाइट राइडर्ससँग खेल्नेछ।
कुशल आबद्ध भाइपर्सको टोलीमा एलेक्स हल्स, विनन्दु हसरंगा, लोकी फर्ग्युसन, मोहमद अमिर, ड्यान लाउरेन्स, साम कुरान लगायतका खेलाडी छन्।

यो लिगमा नेपालका अर्का अलराउन्डर दीपेन्द्रसिंह ऐरी पनि आबद्ध छन्। उनले  गत सिजन गल्फ जायन्टबाट खेलेका थिए।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.