

बैतडी : बैतडीको दोगडाकेदार गाँउपालिकामा २ दिने आँखा शिविर सम्पन्न भएको छ । दोगडाकेदार गाउँपालिका र नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालको संयुक्त आयोजनामा निशुल्क आँखा शिविर सम्पन्न भएको शिविर संयोजक नरेन्द्र बिष्टले जानकारी दिनुभयो ।

बिहिवार र शुक्रबार गरि दुई दिन दोगडाकेदार गाउँपालिकाको सनातन धर्म मावि श्रीकोटमा निशुल्क संचालन गरिएको शिविरमा ४ सय ३८ जनाले सेवा लिएका संयोजक बिष्टले बताए । जसमध्ये ९२ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो भने अन्यको आँखा परिक्षण गरिएको थियो ।
मंसिर ३० र पौष १ गते २ दिन पाटनमा पनि निशुल्क आँखा शिविर संचालन हुने शिविर संयोजक बिष्टले जानकारी दिनुभयो ।



