

बैतडी : बैतडीको मेलौली नगरपालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई एचपिभी खोप सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ। बिहिबार नगरपालिकाको स्वास्थ्य शाखाले पालिकाभित्रका खोप दिने स्वास्थ्यकर्मीहरुलाई एचपिभी खोपसम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको ।

कक्षा ६ देखि १० सम्मका विद्यालयहरुमा अध्ययनरत छात्राहरु र विद्यालय नजाने १० देखि १४ बर्ष उमेरका किशोरीहरुलाई सम्बन्धीत विद्यालय तथा स्वास्थ्य संस्थामा खोप लगाईने सरकारको नीति रहेको छ ।
मेलौलीमा पनि एचपिभी खोप लागाउने ११९४ जना किशोरीहरु रहेका छन। नगरपालिका भित्र रहेका सामुदायिक विद्यालय र स्वास्थ्य संस्थागरी ३२ स्थानबाट खोप प्रदान गरिने स्वास्थ्य शाखामा कार्यरत राज बहादुर चन्दले बताउनुभयो । अभिमुखिकरण कार्यक्रम भोलि पनि हुने चन्दले बताए ।
मेलौली नगरपालिकामा भने माघ २७ देखि माघ ३० गते सम्म खोप लगाईने स्वास्थ्य चन्दले बताउनुभयो।
