Jaya Bhagawati melauli sunchadi

बैतडीको दोगडाकेदारमा २ दिने आँखा शिबिर सम्पन्न ४३८ जनाले सेवा लिए

Patan vally

बैतडी :  बैतडीको दोगडाकेदार गाँउपालिकामा २ दिने  आँखा शिविर सम्पन्न भएको छ । दोगडाकेदार गाउँपालिका र नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालको संयुक्त आयोजनामा निशुल्क आँखा शिविर सम्पन्न भएको शिविर संयोजक नरेन्द्र बिष्टले जानकारी दिनुभयो ।

Kailpal bahudeshiya

बिहिवार र शुक्रबार गरि  दुई दिन दोगडाकेदार गाउँपालिकाको सनातन धर्म मावि श्रीकोटमा निशुल्क संचालन गरिएको शिविरमा ४ सय ३८ जनाले सेवा लिएका संयोजक बिष्टले बताए ।  जसमध्ये ९२ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो भने अन्यको आँखा परिक्षण गरिएको थियो ।

मंसिर ३० र पौष १ गते २ दिन पाटनमा पनि निशुल्क आँखा शिविर संचालन हुने शिविर संयोजक बिष्टले जानकारी दिनुभयो ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.