Jaya Bhagawati melauli sunchadi

बैतडीको मेलौलीमा एचपीभी खोप अभियान माघ २७ गते देखि संचालन हुने

Chand Kirana Pasal
Patan vally

बैतडी : किसोरीहरुलाई पाठेघरको मुखको क्यान्सर बिरुद्ध दिईने एचपीभी खोप अभियान बैतडीको मेलौली नगरपालिकामा माघ २७ गतेदेखि संचालन हुने भएको छ ।

२१ वटा सामुदायिक बिद्यालय र ११ वटा स्वास्थ्य संस्था गरि ३२ खोप केन्द्रहरुमा खोप अभियान संचालन हुने मेलौली नगरपालिकाका सि.अ.हे.ब अधिकृत राज बहादुर चन्दले जानकारी दिनुभयो ।

खोप अभियानमा पालिका भरिका कक्षा (६–१०) मा अध्ययनरत १ हजार १ सय ९५ जना किसोरीहरुलाई खोप दिईने सि.अ.हे.ब अधिकृत चन्दले बताए । बिद्यालय बाहिर रहेका (१०–१४) बर्ष सम्मका किसोरीको संख्या भने शून्ने रहको उहाँले बताउनुभयो ।

Kailpal bahudeshiya

यहि माघ २७ गतेका दिन ११ खोप केन्द्रबाट खोप दिईने छ । दुर्गा आवि जर्कु, सारदा आवि रडमा, केदारेश्वर मावि दुर्गास्थान, सुदर्शन मावि लिखोडा, प्रितिपुर मावि लेक, विजयपुर मावि तितावै, दुर्गा मावि खलिगाड, जगदम्बा मावि हतरंगा, भरतपुर मावि गाउँकोट, गंगेश्वर आवि नया र शिव आवि असुरमा खोप अभियान संचालन हुने बताइएको छ ।

खोप अभियानको दोस्रो दिन नगर स्वा. से. केन्द्र जर्कु, जनचेतना आवि गङ्गापुर, कोटेश्वर आवि कपर्त, धर्मघर मावि सलेना, केदार आवि कुजागाड, आधारभूत स्वा.से. केन्द्र तिताबै, चन्द्रपुर आवि सेरा, आधारभूत स्वा.से. केन्द्र हतरंगा, मणिलेक मावि काँडा, कमलपुर मावि कोटिगाउ र विशालपुर मावि विशालपुरमा खोप अभियान संचालन हुनेछ ।

यस्तै माघ २९ गतेका दिन शितलपुर मावि शितलपुर, दुर्गास्थान स्वास्थ्य चौकी, सलेना स्वास्थ्य चौकी, शान्ती प्रकाश आवि ढणौन, महारुद्र स्वास्थ्य चौकी, प्रा. स्वास्थ्य केन्द्र केशरपुर, आ. स्वा. से. केन्द्र कोटिगाउ र विशालपुर स्वास्थ्य चौकीमा संचालन हुनेछ ।

खोप अभियानको अन्तिम दिन माघ ३० गते आधारभूत स्वा.से. केन्द्र हरिचन र आधारभूत स्वा.से. केन्द्र मेलौली ३ मा खोप अभियान संचालन हुने पालिकाले जनाएको छ ।

citizen silai center
Simpani resturent Melauli
Sichai division Baitadi
Leave A Reply

Your email address will not be published.