


बैतडी : बैतडीको दोगडाकेदार गाँउपालिकामा आँखा शिबिर संचालन भएको छ । नेपाल नेत्रज्योती सघं गेटा आखाँ अस्पताल र दोगडाकेदार गाउँपालिकाको संयुक्त आयोजनामा बिहिवार दोगडाकेदार गाउँपालिकाको सनातन धर्म मावि श्रीकोटमा निशुल्क आँखा शिविर संचालन गरिएको हो ।
शिविरमा बिहिवार २६७ जनाले सेवा लिएका छन् । १ सय २३ जना पुरुष र १ सय ४४ जना महिला गरी २ सय ६७ जनाले सेवा लिएको शिविरका संयोजक नरेन्द्र बिष्टले बताउनुभयो ।
शिविरमा सहभागी मध्ये ७० जनाको मोतीबिन्दुको शल्यक्रिया गरीएको थियो । नेपाल नेत्रज्योती सघं गेटा आखाँ अस्पताल र दोगडाकेदार गाउँपालिकाको संयुक्त आयोजनामा निशुल्क संचालन भएको शिविर दुईदिन सम्म चल्ने वाह्य कार्यक्रम ब्यबस्थापक रमेश चन्द्र भट्टले बताउनुभयो ।
